४३ देशका ४ करोड ५० लाख मानिस भोकमरीको चरम संकटमा

कोल्हवी न्यूज
२०७८ कार्तिक २२, सोमबार १०:०४ गते

विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीले ४३ देशका ४ करोड ५० लाख मानिस भोकमरीको चरम संकटमा परेको जनाएको छ।यो वर्षमात्रै भोकमरीको उच्च मारमा पर्ने मानिसको संख्या ३० लाख थपिएको डब्ल्युएफपीको तथ्यांक छ। राष्ट्र संघीय खाद्य एजेन्सीले विज्ञप्ति जारी गर्दै सन् २०२१ को सुरुवातमा ४ करोड २० लाख मानिस उच्च भोकमरीमा रहेकोमा यो संख्या ३० लाखले बढेको हो। सन् २०१९ मा विश्वभर भोकमरीको मारमा रहेका मानिसको संख्या २ करोड ७० लाख थियो।

अत्यधिक भोकमरीको सामना गर्नेमा अफगानिस्तान, इथियोपिया, हाइटी, सोमालिया, अंगोला, केन्या र बुरुण्डीमा सबैभन्दा धेरै देखिएको छ। डब्ल्युएफपीका कार्यकारी निर्देशक डेभिड बिजलीले करोडौँ मानिस भोकमरीको अध्यारो खाडलतर्फ लागेको बताएका छन्। विभिन्न मुलुकमा जारी युद्ध तथा जलवायु परिवर्तनको गम्भीर असरका कारण भोकमरी बढेको हो। डब्ल्युएफपीको तथ्यांकअनुसार अफगानिस्तानमा लगभग दुई करोड ३० लाख मानिसलाई अत्यावश्यकीय मानवीय सहयोगको खाँचो छ। विश्वभर देखिएको भोकमरीको संकट टार्न लगभग ६ अर्ब डलर खर्च आवश्यक पर्ने देखिएको छ। थाहाखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*