वनभोज खान कोइलावास जाँदै गरेको बस दुर्घटना, २६ घाइते

कोल्हवी न्यूज
२०७८ कार्तिक २२, सोमबार ०९:५८ गते

दाङ कोइलावास हुलाकी सडकमा बस दुर्घटना हुँदा २६ जनाभन्दा बढी घाइते भएका छन्। तिहारमा खेलेको देउसी९भैलोबाट संकलित रकमबाट वनभोज खान जान थालेका घोराहीको नारायणपुर क्षेत्रका स्थानीय दुर्घटनामा परेका हुन्।

वनभोजका खान भनेर कोइलावासतर्फ जान थालेको ना ४ ख ४३५९ नम्बरको बस गढवा गाउँपालिका वडा नम्बर ८ कोइलावास चारखम्बा नजिकै आइतबार दिउँसो दुर्घटनामा पर्दा उनीहरू घाइते भएका इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ। अधिकांश घाइते लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको पनि प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*