डलर उच्च बिन्दुमा : राष्ट्र बैंकद्वारा नयाँ विनिमयदर सार्वजनिक
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। जारी दरअनुसार अमेरिकी डलर हाल उच्च बिन्दुमा कारोबार भइरहेको देखिएको छ।
केन्द्रीय बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा कायम गरिएको छ। यस्तै, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको मूल्य पनि उच्च स्तरमै निर्धारण गरिएको छ।
अन्य मुद्रातर्फ अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरको विनिमयदर पनि उल्लेख्य रहेको छ। त्यसैगरी जापानी येन, चिनियाँ युआन, साउदी रियाल र कतारी रियालको दर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
यसैगरी थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियन वन, स्वीडिस क्रोनर र डेनिस क्रोनरको विनिमयदर पनि निर्धारण गरिएको छ। राष्ट्र बैंकले दैनिक रूपमा सार्वजनिक गर्ने यी दरहरू अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार परिवर्तन हुने गर्दछ।









