सुनको मूल्यमा दिनदिनै गिरावट: आज तोलामा ७८०० रुपैयाँ घट्यो

कोल्हवी न्यूज
२०८२ चैत्र ६, शुक्रबार १२:०९ गते

 नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यसअघि बिहिवार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १ सय १५ रुपैयाँ घटेर आज ४ हजार ८९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। बिहिवार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*