राति १२ बजेसम्म खटेर कुलमान घिसिङले भरतपुरमा बन्द विद्युत् सञ्चालन गराइछाडे

कोल्हवी न्यूज
२०७८ कार्तिक १८, बिहीबार ०९:११ गते

चितवनको भरतपुरका विभिन्न क्षेत्रममा बन्द विद्युत् सेवा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं दिनरात खटेर पुनः सञ्चालन गराएका छन्। विद्युत् अवरुद्ध भएको जनगुनासो आएपछि बुधबार दिउँसो भरतपुरको बसेनीस्थित सबस्टेसन पुगेका घिसिङ मध्यराति पनि पुगेर मर्मतका लागि निर्देशन दिएका हुन्।

बिग्रेका पावर ट्रान्सफर्मर मर्मत तथा परिवर्तनपछि राति १ बजेदेखि विद्युत् पुनः सञ्चालन भएको हेटौंडा ग्रिड महाशाखाका प्रमुख राजन श्रेष्ठले नेपालखबरले जानकारी दिए। उनका अनुसार भक्तपुरको ठूलो क्षेत्रमा अवरुद्ध विद्युत् ३६ घण्टापछि पुनः सञ्चालन भएको हो। यसअघि भरतपुर महानगरपालिकास्थित १३२र११ बसेनी ग्रिड सबस्टेसनका दुईवटा पावर ट्रान्सर्फमरमा समस्या आएपछि भरतपुर महानगरपालिका वडा नम्बर १ देखि १३ सम्म तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा मंगलबार दिउँसोदेखि​ विद्युत बन्द भएको थियो।

कार्यकारी निर्देशक घिसिङको टोली त्यहाँ बुधबार राति १२ बजेसम्म निर्देशनरअनुगमनमा खटेको थियो। विद्युतु चालु भएपछि अहिले बिहान कार्यकारी निर्देशक घिसिङको टोली काठमाडौं फर्किन लागेको टोलीमा सहभागी एक सदस्यले जानकारी दिए। नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*