अमेरिकामा बनेको ‘ओभर डोज’ को रिलिज घोषणा

कोल्हवी न्यूज
२०७८ कार्तिक १८, बिहीबार ०८:५८ गते

अमेरिकामा निर्माण भएको नेपाली फिल्म ‘ओभर डोज’ को आउँदो मंसिर १७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बुधवार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्मलाई सुमन पौडेलले निर्देशन र जीवन कुमार केसीले निर्माण गरेका हुन् ।

दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा।लिको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा प्रेम, रोमान्स, कमेडी, सस्पेन्स र एक्सनलाई समेटिएको निर्देशक पौडेलले बताए । युवापुस्ताको रुचिलाई ध्यानमा राखेर युवापुस्ताकै कथामा फिल्म निर्माण गरेको उनको भनाई छ । यस फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन रहेको छ ।

‘ओभर डोज’ रिलिजको अर्को उद्देश्य कोरोना महामारीले धरासायी भएको फिल्म क्षेत्र चलायमान गराउनु रहेको निर्माता केसीले बताएका छन् । यो फिल्मले दर्शकलाई निराश नबनाउने उनको दाबी छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पन्जियार र जुनियर मोरेनो हुन् । फिल्मलाई जि।जि ग्रूपले उपत्यका र एफडि कम्पनीले मोफसलमा वितरण गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*