पारा एथेटिक्स टोली भारत प्रस्थान
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन तीनजना खेलाडीसहित चार सदस्यीय नेपाली टोली भारत प्रस्थान गरेको छ ।
आइतबार प्रतियोगिताको निम्ति राष्ट्रिय पारा एथलेटिक्स संघका सचिव साङबु भोटेको नेतृत्वमा चार सदस्यीय नेपाली टोली भारतको नयाँ दिल्ली प्रस्थान गरेको हो ।
प्रतियोगिताका निम्ति भारत गएका खेलाडीहरूमा सटपुटका हिमाल अर्याल, ज्याभ्लिन थ्रोका मोहन रोका र धावक नवराज कार्की छन् । नवराजले ४ सय मिटर दौडमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
ल्ःद्य द्यबलप
प्रतियोगिता मार्च १० देखि १३ तारिखसम्म हुनेछ ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय पारा एथ्लेटिक्स संघका अध्यक्ष ओमनाथ सिवाकोटीले आइतबारै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।










