‘देवकोटाको साहित्यक कृतिहरु छायाँमा परे’

कोल्हवी न्यूज
२०७८ कार्तिक १७, बुधबार २०:५६ गते

हेटौंडा, १७ कात्तिक/महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गर्नु भएको सात्यिक कृतिहरु छायाँमा परेको वक्ताहरुले बताएका छन् । बुधबार नवोदय साहित्यिक बगैँचा बाल क्लवले आयोजना गरेको ११३ औँ देवकोटा जयन्ती विशेष कार्यक्रममा देवकोटाले लेख्नु भएको पुस्तक चर्चा गर्दै जीएस निकेतन विद्यालयका विद्यार्थी समर्पण नेउपानेले महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गर्नुभएको कृतिहरु विरलै पाइने गरेको बताए । देवकोटामा आधारित रचनामा स्वच्छन्दतावादी झल्किने गरेको उनले बताए । यसैगरी आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी ऋषि यादवले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई स्वच्छन्दतावादी कविको रुपमा लिएको र परिभाषित गरेको बताए ।
No description available.
नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयका अमीर चौधरी र चन्द्रोदय माध्यमिक विद्यालयका अभिषेक जमरकट्टेलले देवकोटाको नेपाली, साहित्य र कलामा पु¥याउनु भएको योगदानको विषयमा जोड दिएका थिए । कार्यक्रमका संयोजक तथा नवोदय साहित्यिक बगैँचा बाल क्लवका सदस्य रोनश उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार पुरुषोत्तम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका आचार्यले देवकोटा फरक व्यक्तित्व हुनुभएतापनि उहाँको खासै चर्चा हुन नसकेकोमा गुनासो व्यक्त गरे । देवकोटा आफ्नो आशुकवित्व, महाकवित्व तथा विषय क्षेत्रगत व्यापकताका कारणले गर्दा देवकोटा महाकवि बन्नु भएको उनको भनाइ रहेको थियो ।
No description available.कोरोनाले गर्दा विद्यालयहरु भचुर्अल प्रविधिबाट सञ्चालन हुँदा भौतिक रुपले विद्यार्थीहरुको बौद्धिक विकास हुन नसकेको नवोदय विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले बताए । यसैगरी नवोदय विद्यालयका विद्यालय निर्देशक दीपेश जोशीले देवकोटाले रचना गर्नुभएको भावनाहरु मानवतासँग मिल्ने गरेकोमा जोड दिए । कार्यक्रममा नवोदय विद्यालयका शिक्षिका रुपा ढुङ्गेल, विद्यार्थी अनुष्का पण्डित, उषाकिरण अधिकारी, प्राप्ती ढोडारी, विधान आचार्य, स्वस्तिका बानियाँले रचना वाचन गरेका थिए । बुधबार नवोदय विद्यालयका विद्यार्थीहरुले देउसी भैलो पनि खेलेका थिए ।
No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*