नेपाल फर्किए अल्मुताईरी, अझै ५ प्रशिक्षण समाल्ने ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आईपुगेका छन् । अल्मुताईरी शनिबार राति ८ बजे कतारको दोहाबाट सिधै नेपाल आईपुगेका हुन् । साफ फाईनल पछि कहिल्यै नेपाल नफर्कने उद्द्घोष गरेका अलुम्ताईरीलाई नेपाल फर्काउन एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा कतारनै पुग्न पर्यो।कतार फुटबल संगको अध्यक्षका अगाडि राखेर एन्फा अध्यक्षले अल्मुताईरिलाई अझै केही वर्षाका लागि सम्झौता नविकरण गर्न अनुरोध गरेका थिए।
अन्तत उक्त प्रस्तावलाई स्विकार्दै आम नेपाली फुटबल प्रेमीको मायाले पुन अल्मुतैइरिलाई नेपाल फर्काएको छ। नेपाल फर्किए लगत्तै अल्मुताईरिल्र अखिल नेपाल फुटबल संघ ९एन्फा० सँग अझै ३ वर्ष नेपालमै रहने गरि सम्झौता नवीकरण गर्ने छन। नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्राएका अल्मुताइरिले मेडियासङ बोल्दै आफु जोश र नयाँ योजनाका साथ नेपाल आएको बताएका छन । उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यो पटक पुरानो कुरा विर्सिएर नयाँ तरिकाले काम गर्न नेपाल आएको र अब नयाँ ढंगले अगाडी बढ्नुपर्ने बताए । जसका लागि सबैको साथ चाहिने र सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
अब्दुल्लाहले आफ्नो सम्झौता पाँच बर्षको भएपनि अहिलेका लागि तीन बर्षको सम्झौता गर्ने र सबै कुरा राम्रोसँग अगाडी बढेमा थप दुई बर्ष स्वतः बढ्ने बताए । यसका साथै उनले नेपाली फुटबल टिमलाई अझ राम्रो बनाउनका लागि योजनाबद्ध तरिकाले अगाडी बढ्ने बताएका छन। अल्मुताईरिले आफु आफ्नो घर फर्किएको र अरु देशले आफुलाई मोटो रकमको अफर गरेपनि कतार फुट्बल सङ्घ र एन्फाले राम्रो पहल गर्दा फेरी नेपाल नै फर्किएको बताए । पैशा भन्दापनि राम्रो काम हुन आवश्यक रहेको बताउदै अल्मुताईरिले अहिलेबाट नै नेपाली समर्थकले एशियन कपमा छनोट हुनुपर्छ भनेर दबाव दिन सुरु गरेकोमा त्यो नगर्न आग्रह समेत गरेका छन।
यस्तै नेपालका स्टार प्लेयर बिमल घर्ती मगरको कुरा निक्लादै उनले आसन्न ए डिभिजन लिगमा विमलले राम्रो खेलेको हेर्न चोहेको बताए । उनले विमल नेपाली फुटबलको भविष्य रहेको र उनको खेल नजिकबाट हेर्ने बताएका छन् ।









