आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

कोल्हवी न्यूज
२०८२ फाल्गुन १३, बुधबार ०६:१३ गते

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ।

हिजो यी सबै मुद्राको विनिमयदर घटेको थियो थियो।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८३ पैसा छ।

गएको माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ १० पैसा र बिक्रीदर १७१ रुपैयाँ ८० पैसा छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७५ पैसा छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८१ पैसा छ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ३५ पैसा छ।

आज बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ७७ पैसा छ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*