बाराको कोतवाल गाउँपालिका १ मा एमालेको वडा भेला सम्पन्न

कोल्हवी न्यूज
२०७८ कार्तिक १७, बुधबार ०७:१७ गते

बाराको आदर्श कोतवाल गाउँ पालिका वाड न १ च्युटाहाको मन्दिरमा मंगलबार एक कार्यक्रमको बिच ने क पा एमालेको वडा भेला राजेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न भएको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा केन्द्रिय सदस्य कमरेड बलबिर चौधरी प्रदेस कमिटी सदस्य केवल प्रसाद चौधरी जिल्ला कमिटी सदस्य महेन्द्र जयसवाल गगनदेव कुशवाहा लगाएत अन्य स्थानीय कमरेडहरुले आफ्नो मन्तव्य राखेका थिए । उक्त भेलाबाट ३१ सदस्यीय वडा कमिटी गठन भएको हो । नव गठित समितिको अध्यक्षमा ज्ञानि साह कानु उपाध्यक्ष लक्ष्मी साह कानु सचिव सुनिल पटेल सहसचिव उमेश प्रसाद कुशवाहा लगाएत चएन हुनु भएको छ।

प्रमुख अतिथी समेत रहनु भएका बलबिर चौधरीले एमालेको जनलहर यो गाउँ पालिकामा आइसकेकोले अब एमालेको जित यो सुनिस्चित रहेको कुरामा जोड दिनु भयो।अर्का वक्ता प्रदेस कमिटी सदस्य केवल प्रसाद चौधरीले कम्युनिस्ट जन आन्दोलन र अहिलेको प्रगती र गतिविधिको बारेमा प्रकाश पार्नु भएको ! धिरेन्द्र पनुहरले जानकारी दिनु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*