काबुलको सैनिक अस्पताल नजिकै बम विस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु, ४३ घाइते

कोल्हवी न्यूज
२०७८ कार्तिक १६, मंगलवार १७:१५ गते

अफगानिस्तानको राजधानी काबुलको सैनिक अस्पताल नजिकै बम विस्फोटन र त्यसपछि भएको गोली प्रहारबाट कम्तीमा १९ जनाको ज्यान गएको छ । ४३ जना घाइते भएका त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

प्रत्येक्षदर्शी र सरकारका एक जना प्रवक्ताकाअनुसार अफगान राजधानी काबुलको सरदार मोहम्मद दाउद खान सैनिक अस्पताल नजिकै गोली चलेको आवाज पनि सुनिएको थियो ।

इस्लामिक इमिरेटका प्रवक्ता बिलाल कारिमीले ४०० सैयाको अस्पतालको प्रवेशद्वारमा कम्तीमा दुईओटा बम विस्फोट भएको जानकारी दिएका छन् ।

घटनाको तत्काल कसैले पनि जिम्मेवारी लिएको छैन । तर, प्रत्येक्षदर्शीहरूले आईएसआईएसका थुप्रै लडाकुहरू अस्पतालमा प्रवेश गरेको र सुरक्षा फौजहरूसँग झडप भएको बताएका छन् । यद्यपि, अलजजिराले यसको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ । बाह्रखरीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*