सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने टी–२० विश्वकपका लागि १२ टोलीको टुंगो

कोल्हवी न्यूज
२०८२ फाल्गुन ८, शुक्रबार ०७:२३ गते

सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने आईसीसी टी–२० विश्वकपका लागि खेल्ने १२ टोलीको टुंगो लागेको छ। भारत र श्रीलंकामा चलिरहेको टी–२० विश्वकपको सुपर–८ को अन्त्यसँगै आगामी विश्वकपका लागि सहभागी टोलीको नाम पक्का भएको हो।

अष्ट्रेलिया र न्यूजिल्याण्डले आयोजक राष्ट्रको रुपमा प्रतियोगिता आयोजना गर्नेछन्। सुपर–८ मा प्रवेश गरेका भारत, पाकिस्तान, श्रीलंका, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, जिम्बावे, र वेस्ट इन्डिजले पनि आउँदो विश्वकपमा स्थान पक्का गरेका छन्।

सुपर–८ मा पुगेको न्यूजिल्याण्डले आयोजकको हैसियतमा विश्वकप खेल्नेछ।

त्यस बाहेक, सुपर–८ बाहिर रहेकामध्ये हालको टी–२० आई वरीयतामा माथि रहेका ३ राष्ट्रले पनि आउँदो विश्वकपमा स्थान पाउनेछन्। यसवर्ष बंगलादेश भारतसँगको विवादका कारण यस पटकको विश्वकपमा सहभागी भएको थिएन।

अन्ततः ८ टोली क्षेत्रीय छनोटमार्फत विश्वकपको लागि स्थान प्राप्त गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*