आइसीसी टी-२० विश्वकप : भारतले नेदरल्याण्ड्सलाई पराजित

कोल्हवी न्यूज
२०८२ फाल्गुन ७, बिहीबार ०७:२२ गते

India’s Shivam Dube, center, and batting partner Hardik Pandya run between the wickets as Netherlands’ Kyle Klein, right, looks on during the T20 World Cup cricket match between India and Netherlands in Ahmedabad, India, Wednesday, Feb. 18, 2026. (AP Photo/Ajit Solanki)

आइसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारतले नेदरल्याण्ड्सलाई १७ रनले पराजित गरेको छ। बुधबार राति सम्पन्न खेलमा भारतले सन्तुलित ब्याटिङ र कसिलो बलिङ प्रदर्शन गर्दै जित हात पारेको हो।

नरेन्द्र मोदी क्रिकेट स्टेडियम मा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९३ रन बनायो। भारतका लागि शिवम् दुबेले ३१ बलमा ६६ रनको उत्कृष्ट पारी खेले। उनले ६ छक्का र ४ चौका प्रहार गरे। कप्तान सूर्यकुमार यादवले ३४, तिलक वर्माले ३१ तथा हार्दिक पाण्ड्याले ३० रनको योगदान दिए। इशान किशन भने १८ रनमा आउट भए।

१९४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा १७६ रन मात्र बनाउन सक्यो। उसका लागि बास डे लीडेले सर्वाधिक ३३ रन बनाए। माइकल लेविटले २४, कोलिन एकरम्यानले २३ र म्याक्स ओडाउडले २० रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।

भारतका वरुण चक्रवर्तीले तीन ओभरमा १४ रन खर्चेर तीन विकेट लिए। शिवम् दुबेले दुई विकेट झारे भने जसप्रित बुमराह र हार्दिक पाण्ड्याले समान एक–एक विकेट लिए।

भारतले समूह चरणको अन्तिम खेल जित्दै प्रतियोगितामा आफ्नो दाबेदारी थप बलियो बनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*