अण्डाको मूल्य वृद्धि, ठूलो प्रतिक्रेट रु ४२५ कायम

कोल्हवी न्यूज
२०८२ फाल्गुन ६, बुधबार १०:५३ गते

हेटाैँडा, नेपाल लेयर्स संघ ले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य वृद्धि गरेको छ। उत्पादन लागत बढ्दै गएको भन्दै संघले नयाँ मूल्य सूची सार्वजनिक गरेको हो।

संघका अनुसार अब ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु ४२५ र मझौला अण्डाको मूल्य प्रतिक्रेट रु ३७५ तोकिएको छ। प्रतिगोटा अण्डाको उत्पादन लागत नै १९ रुपैयाँ १२ पैसा पुगेकाले मूल्य समायोजन गर्न बाध्य भएको संघले जनाएको छ।

मूल्यवृद्धिसँगै यसको प्रभाव मकवानपुर जिल्लाको सदरमुकाम हेतौंडासहित आसपासका क्षेत्रहरूमा पनि पर्ने देखिएको छ। स्थानीय खुद्रा व्यवसायीहरूले नयाँ दरअनुसार बिक्री सुरु गरिसकेको बताएका छन्।

उत्पादन लागतमा दाना, ढुवानी तथा श्रम खर्च बढेकाले अण्डाको मूल्य समायोजन गर्नुपरेको संघको भनाइ छ। मूल्यवृद्धिले उपभोक्तामा केही असर पर्ने भए पनि व्यवसाय टिकाउन आवश्यक निर्णय गरिएको संघले स्पष्ट पारेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*