विश्वकपमा नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै, समूह चरणमा अस्तित्व जोगाउने चुनौती

कोल्हवी न्यूज
२०८२ फाल्गुन ३, आईतवार ०८:४७ गते

आईसीसी टी–२०  अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । खेल भारतको वानखेडे स्टेडियम मा नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

लगातार दुई हार व्यहोरेपछि नेपालको विश्वकप यात्रा दबाबमा परेको छ । पहिलो खेलमा नेपाल इंग्ल्यान्ड क्रिकेट टोली सँग ४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटाली क्रिकेट टोली सँग १० विकेटको भारी हार बेहोरेको थियो । समूह ‘सी’मा कुनै अंक जोड्न नसकेको नेपाल तालिकाको पुछारमा छ ।

दुई खेलमा लगातार जित निकाल्दै वेस्ट इन्डिज शीर्ष स्थानमा रहेको छ । आजको खेल नेपालका लागि प्रतियोगितामा टिकिरहन ‘गर या मर’को अवस्थाको रूपमा हेरिएको छ । नेपालले समूह चरणको अन्तिम खेल पर्सि मङ्गलवार स्कटल्याण्ड क्रिकेट टोली विरुद्ध खेल्ने तालिका छ ।

आजै दिउँसो ३ बजे भारतको एम. ए. चिदम्बरम स्टेडियम मा नामिबिया राष्ट्रिय क्रिकेट टोलीसंयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोली बीच प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी बेलुका सवा ७ बजे आयोजक भारत राष्ट्रिय क्रिकेट टोलीपाकिस्तान राष्ट्रिय क्रिकेट टोली बीच बहुप्रतिक्षित खेल हुनेछ । उक्त खेल आर. प्रेमदासा स्टेडियम मा आयोजना हुँदैछ । लगातार दुई–दुई खेल जितेका भारत र पाकिस्तान समान ४ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

यसअघि सम्पन्न खेलहरूमा दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली ले न्युजिल्यान्ड राष्ट्रिय क्रिकेट टोली लाई ७ विकेटले, इंग्ल्यान्डले स्कटल्याण्डलाई ५ विकेटले तथा आयरल्याण्ड राष्ट्रिय क्रिकेट टोली ले ओमान राष्ट्रिय क्रिकेट टोली लाई ९६ रनले पराजित गरेका छन् ।

समूह चरणको समीकरण जटिल बन्दै जाँदा आजको खेल नेपालका लागि प्रतिष्ठासँगै सम्भावनाको परीक्षा बन्ने देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*