दुई वर्षभित्र सबै नेपालीको घरमा बिजुली पुर्याउने सरकारकाे लक्ष्य : मन्त्री भुसाल

sf7df8f}F, !^ sflQsM
/ht dxf]T;j ;df/f]xdf dGqL e’;fn
pmhf{, hn;|f]t tyf l;FrfOdGqL kDkmf e’;fn j}slNks pmhf{ k|j4{g s]G›sf] /ht dxf]T;j ;df/f]xdf z’esfdgf dGtJo JoQm ub}{ . tl:a/M /Tg >]i7÷/f;;
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदो दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् सुविधा पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रजत महोत्सवका अवसरमा आज मङ्गलवार काठमाण्डौमा आयोजित समारोहमा मन्त्री भुसालले केन्द्रीय प्रसारण लाइन पुग्न नसक्ने ठाउँमा वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत् सुविधा प्रदान गरी आधुनिक ऊर्जाको पहुँचबाट कोही पनि नागरिक वञ्चित हुनुनपर्ने धारणा राख्नुभयो ।
उहाँले स्वदेशी विद्युत् खपत बढाउन, आयातित इन्धनलाई कम गर्न र असन्तुलित व्यापार घाटा न्यून गर्न विद्युत् ऊर्जालाई प्रमुख प्राथमिकता दिएको उल्लेख गर्नुभयो । सिँचाइको अभावमा जमिन बाँझो राख्न नपरोस् भनेर सिँचाइका लागि प्रयोग हुने ऊर्जाको महसुल घटाइएको र आउँदा दिनमा यसलाई निःशुल्क गरिने नीति सरकारको रहेको बताउँदै मन्त्री भुसालले यसबाट देशलाई खाद्यान्नमा आत्मनिर्भर गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले समतामूलक राष्ट्र निर्माणका लागि गरिब नागरिकसम्म ऊर्जाको पहुँच पुर्याउने उद्देश्यले सरकारले २० युनिटभन्दा कम खपत गर्नेलाई निःशुल्क विद्युत् सेवा प्रदान गर्ने निर्णय गरेको बताउनुभएको छ । यस सुविधाबाट २० युनिटभन्दा कम खपत गर्ने २६ लाख घरधुरीका झन्डै एक करोड ३० लाख जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुनेछन्, उहाँले भन्नुुभयो ।
मन्त्रालयका सचिव देवेन्द्र कार्कीले वैकल्पिक ऊर्जाको माध्यमबाट देशका दुर्गम भेगमा बसोबास गर्ने नागरिकलाई ऊर्जा सेवा प्रदान गर्न सकिएको र अन्तर्राष्ट्रियस्तरमा पनि कार्बन व्यापार गरी विदेशी मुद्रा आम्दानी गर्ने बाटो खुला भएकाले यस प्रविधिलाई राज्यले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले नेपालले नवीकरणीय ऊर्जाको विकास र प्रवर्द्धनमा उल्लेखनीय प्रगति हासिल गर्न सकेको उल्लेख गर्दै जलवायु परिवर्तनबाट सिर्जित विश्वव्यापी समस्या समाधानका लागि स्वच्छ ऊर्जा प्रविधिमा लगानी बढाउनु पर्दछ भन्नुभयो ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा। मधुसूदन अधिकारीले केन्द्रमार्फत २५ वर्षको अवधिमा नवीकरणीय ऊर्जा प्रविधिहरूमार्फत झन्डै ३५ लाख घरधुरीका बासिन्दा लाभान्वित भएको जानकारी दिनुभयो । उहाँका अनुसार लघु जलविद्युतबाट ३६ मेगावाट विद्युत् उत्पादन भइ दुई लाख ३७ हजार घरधुरी तथा सौर्य प्रणालीबाट नौ लाख ६१ हजार घरमा विद्युतीकरण भएको, १६ लाख सुधारिएको चुलो जडान हुनाको साथै ११ हजार पानीघट्ट, दुई हजार आठ सय वटा संस्थागत सौर्य प्रणाली र तीन सय ४४ ठूलासहित चार लाख ३३ हजार बायोग्यास प्लान्ट जडान भएका छन् । यसबाहेक केन्द्रले एक मेगावाटभन्दा बढीका सौर्य र वायु ऊर्जा मिश्रित मिनीग्रिड प्रणाली पनि जडान गरेको छ ।
नेपाल नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले नेपालमा वैकल्पिक ऊर्जाको विकास र विस्तारमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताउँदै सरकार र दातृ निकायले निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि नबढेसम्म आउँदा दिनमा पनि लक्षित उपलब्धि हासिल हुन सक्दैन भन्नुभयो ।
समारोहमा यस वर्षको मञ्चुका स्मृति अक्षय कोषबाट स्थापित सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कारबाट हस्क पावर नेपाल प्रालि ९वीरगञ्ज०, घाम पावर नेपाल प्रालि ९काठमाण्डौ र पृसु इलेक्ट्रोनिक्स प्रालि ९काठमाण्डौ० लाई प्रदान गरियो । नवीकरणीय ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिने संस्थालाई प्रदान गरिने यो पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ ।
यस अवसरमा मन्त्री भुसालले नवीकरणीय ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्याउने दातृ निकाय, निजी क्षेत्रका सङ्घ–संस्था तथा प्राज्ञिक व्यक्तित्व एवम् सञ्चारकर्मीहरूलाई सम्मानित गर्नुभएको थियो ।









