सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घट्यो
२०८२ फाल्गुन १, शुक्रबार १२:५२ गते
सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घटेको छ ।
हिजो १ सय रुपैयाँले मात्रै घटेको सुनको भाउ आज ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ तोलामा ३ सय ४० रुपैयाँले घटेको छ । चाँदी ३ सय ४० रुपैयाँले घटेर तोलाको ५ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ३ सय ४० रुपैयाँ थियो ।









