टी–२० विश्वकपमा भारतको लगातार दोस्रो जित, नामिबिया ९३ रनले पराजित

कोल्हवी न्यूज
२०८२ फाल्गुन १, शुक्रबार ०७:४५ गते

भारत राष्ट्रिय क्रिकेट टोली ले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा नामिबिया राष्ट्रिय क्रिकेट टोली लाई ९३ रनले पराजित गरेको छ।

अरुण जेटली स्टेडियम, दिल्लीमा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो।

भारतका इशान किशन ले २० बलमै ६१ रनको विस्फोटक इनिङ्स खेले। यस्तै हार्दिक पाण्ड्या ले २७ बलमा ५२ रन जोड्दै टोलीको स्कोर उकासे। पाण्ड्याले बलिङमा पनि २ विकेट लिँदै २/२१ को योगदान दिए।

जवाफमा नामिबिया १८ ओभर २ बलमा अलआउट हुँदै १ सय १६ रनमै सीमित भयो। भारतका वरुण चक्रवर्ती ले ३ विकेट लिए भने अक्षर पटेल ले २/२० को किफायती बलिङ गरे।

यस जितसँगै भारतले समूह चरणमा लगातार दोस्रो सफलता हात पार्दै शीर्ष स्थान कब्जा गरेको छ। यसअघि पहिलो खेलमा भारतले अमेरिकालाई पराजित गरेको थियो। अब भारतको आगामी प्रतिस्पर्धा पाकिस्तानसँग पर्सि आइतवार श्रीलंकामा हुने तालिका छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*