पछिल्लो २४ घण्टामा थपिए ५३३ कोरानाका संक्रमित, ९ को मृत्यु

कोल्हवी न्यूज
२०७८ कार्तिक १५, सोमबार १७:५० गते

पछिल्लो २४ घण्टामा देशभर ५ सय ३३ जना कोराना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ६ सय ६४ जनामा गरिएको परीक्षणमा ५३३ मा कोरोना पुष्टि भएको हो ।

सोमबार ७ हजार ४ सय ६८ पिसिआर र ४ हजार १ सय ९६ जनामा एन्टीजेन परीक्षण गरिएको थियो। त्यसमा पिसिआरबाट ४ सय ४१ र एन्टीजेनबाट ९२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ९० संक्रमित निको हुँदा ९ जनाले कोरानाबाट ज्यान गुमाए।

योसँगै कोरोनाबाट मर्नेको संख्या ११ हजार ४ सय १६ पुगेको छ । हाल देशभर ९ हजार ३ सय १८ कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*