रामेछापको सेलेघाटमा बस दुर्घटना, ५ जनाको मृत्यु, उद्धार जारी

कोल्हवी न्यूज
२०८२ माघ २७, मंगलवार १२:३७ गते

रामेछापको सेलेघाटमा काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनाग्रस्त बसको नम्बर ९९७५ रहेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरी तथा स्थानीय उद्धार टोलीले ६ जनालाई जीवितै उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाएको छ। उद्धारमा संलग्न एक प्रहरी अधिकृतका अनुसार घाइते तथा सम्भावित यात्रुको खोजी कार्य तीव्र रूपमा जारी छ।

बस दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। सुरक्षाकर्मी र स्थानीयवासीले थप क्षति हुन नदिन उद्धार र राहत कार्यलाई प्राथमिकतामा राखेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*