एमालेसंग तुलना गर्न मिल्ने कुनै पार्टी छैन-: पौडेल

कोल्हवी न्यूज
२०७८ कार्तिक १५, सोमबार १५:०९ गते

हेटौंडा, १५ कात्तिक बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमालेसंग तुलना गर्न मिल्ने कुनै पनि पार्टी नभएको बताउनुभयो ।

जनताले देखेको सपना एमालेले मात्र पुरा गर्ने उहाले बताउनुभयो । आज हेटौंडा १५ मा प्रदेश सरकारद्वारा बिनियोजित ठूलो सुकौली सडकको शिलान्यास गर्दै एमाकेका केन्द्रिय सदस्य एबम बागमती प्रदेशका सह इन्चार्ज समेत रहनुभएका नेता पौडेलले ३ महिनासम्म सरकार बनाउन नसक्ने नालायकले मुलुक बनाउने कल्पना गर्न नसकिने बताउनुभयो । एमाले सरकारबाट बाहिरीएपनी देशब्यापी रुपमा पार्टी प्रवेशको लहर नरोकिएको उहाँको भनाई छ ।

No description available.

माधब नेपालले पार्टी फुटाएको नभई भरिलो रुखबाट केही सुकेको पात मात्र झरेको टिप्पणी गर्नुभयो । १५ बर्षसम्म पार्टी नेतृत्व गरेपनि हाल माधब नेपाल जस्ता गद्दारलाई जनताले माफ नदिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो-” माधब नेपालको पार्टीमा केही मान्छे गएको भएपनी” फर्किने क्रम जारी छ” । अहिले ५ वटा पार्टी एकातिर भएपनी एमालेले सबैलाई पराजित गर्ने क्षमता राख्ने उहाँले बताउनुभयो । आगामी निर्वाचनमा एकल सरकार बन्ने उहाँले उद्घोष गर्नुभयो । बिकासका क्रम सरकार बाहिर भएपनी जारी रहने भन्दै एमाले मात्र बिकाशको सम्बाहक रहेको भनाई राख्नुभयो ।

No description available.

यस्तै कार्यक्रममा बोल्दै बागमती प्रदेशमका पुर्व राज्यमन्त्री जुनेली श्रेष्ठले जनताको साथमा सधै एमाले रहने बताउनुभयो । उहाँले आएको बजेटलाई सदुपयोग गरेर उत्कृष्ट कार्य गर्न अनुरोध गर्नुभयो । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजकुमार थिङ को अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य सुनिल मोक्तान, जिल्ला कमिटी सदस्य प्रकाश दाहाल, मेनुका दाहाल, साबिक चुरियामाई गाउँ बिकास समितिका अध्यक्ष इन्द्रमान स्याङ्तान, वडा सदस्यहरु पातलीमाया गोङ्वा, पर्स बहादुर भुजेललगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*