सांग्रिला बैंकद्वारा मयुरधापमा निशुल्क आँखा शिविर, १५० जना सहभागी

कोल्हवी न्यूज
२०७८ कार्तिक १४, आईतवार २१:१५ गते

हेटौंडा/सांग्रिला डेभलोप्मेन्ट बैंकले आफ्नो १७ औँ वार्षिक उत्सवको अवसरमा हेटौंडा १४ मयुरधापमा निशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।
बैंकको सप्ताहव्यापी कार्यक्रम अन्तरगत हेटौंडा सामुदायिक आँखा अस्पतालसंगको सहकार्यमा मयुरधापमा रहेको जनज्योती माध्यामिक बिद्यालयमा निशुल्क आँखा परिक्षण शिविर सञ्चालन गरेको हो ।


शिविरमा ८० जना महिला र ७० जना पुरुष गरि जम्मा १५० जना सहभागी भएको थियो । जस मध्ये २१ ज्नामा शल्यक्रिया गर्नुपर्ने खालको मोतिबिन्दुकये बिरामी भेटिएको र उनिहरुको हेटौंडा सामुदायिक आँखा अस्पतालमा निशुल्क उपचार हुने बैंकले जनाएको छ । बैंकले आगमी दिनहरुमा पनि यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिईरहने हेटौंडा शाखाका प्रबन्धक रुपक मैनालीले जानकारी गराउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*