बारागढीको सिहासनिमा कांग्रेसको शुभकामना आदानप्रदान

कोल्हवी न्यूज
२०७८ कार्तिक १४, आईतवार २०:५१ गते

कोल्हवी/बाराको बारागढी गाउँपालिका ५ सिहासनिमा आइतबार नेपाली कांग्रेस गाउँ इकाई कमिटीको आयोजनामा दिपावली र छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रमको सभापतिमा सुरेन्द्र चौधरी प्रमुख अतिथी बारागढी गाउँ पालिका वाड न ४ का वडा अध्यक्ष रामकृपाल चौधरी अतिथिहरु सुरेन्द्र चौधरी मुरारी चौधरी ,जोवाला प्रसाद साह, जोगिन्द्र साह,रामलखन चौधरी ,रोशन गुप्ता,रामस्वरुप चौधरी ,मोहन चौधरी रोयन माझी जलेन्द्र राम हरिअर चौधरी जय श्रीराम जगदेव चौधरी लगाएतको उपस्थिति रहेको थियो।कार्यक्रम संचालन भोजराज चौधरीको रहेको थियो। काङ्ग्रेसले आफ्नो कार्यकर्ता र भोटरहरुलाइ नभड्किउन भन्दै दशै,दिपावली र छठलाई लछित गर्दै आफ्नो कार्यक्रम लाई तिब्र पारेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*