रौतहटमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

कोल्हवी न्यूज
२०७८ कार्तिक १२, शुक्रबार १९:१३ गते

The dead man’s body. Focus on hand

रौतहटमा शुक्रबार दुई बेग्लाबेग्लै घटनामा दुईको मृत्यु भएको छ । विद्यार्थी नेताको मोटरसाइकल दुर्घटनामा र एक महिला ढिस्कोले पुरिएर मृत्यु भएको हो । चन्द्रपुरबाट गरुडास्थित घर जाने क्रममा दुर्घटनामा परेर समाजवादी विद्यार्थी युनियन रौतहट जिल्लाका उपाध्यक्ष गरुडा, महम्मदपुरका २५ वर्षीय अभय यादवको मृत्यु भएको प्रहरीले जनायो । यादवले चलाएको २६ प ६३३५ नम्बरको मोटरसाइकल चन्द्रपुर नगरपालिका–९ स्थित बसन्तपुर क्षेत्रमा अनियन्त्रित भएर सडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो ।

मोटरसाइकलमा सवार गरुडा–४ का २५ वर्षीय नवलकिशोर पटेल घाइते छन् । पटेलको कम्मरको बायाँ भागमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछानेले बताए । घाइते पटेलको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै ढिस्कोले पुरिएर शुक्रबार अपरान्ह एक महिलाको मृत्यु भएको ईलाका प्रहरी चन्द्रनिगाहपुरले जनायो । चन्द्रपुर–७ स्थित आबुखोलमामा माटो लिन गएका चन्द्रपुर ८ बेतौनाकी २५ वर्षीया सबिता मुखीयाको ढिस्कोले पुरिएर दिउँसो मृत्यु भएको डीएसपी लामिछानेले बताए । मुखीयासँगै गएका रमन मुखीया घाइते छन् । उनको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनायो । इकान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*