हिमाल आरोहणका क्रममा मृत्यु भएका डेनमार्कका नागरिकको शव उठेन

कोल्हवी न्यूज
२०७८ कार्तिक १२, शुक्रबार १९:०४ गते

विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएका डेनमार्कका नागरिकको शव १० दिन बित्दासमेत उठ्न सकेको छैन । गत कात्तिक १० गते मकालु हिमाल आरोहणका क्रममा मकालु गाउँपालिका–२ आधार शिविरभन्दा माथि शेर्पानिकोलमा डेनमार्कका नागरिक थोर्वजन एडर्शनको मृत्यु भएको थियो ।

डेनमार्क नागरिक थोर्वजन एडर्शनको शव शेर्पानिकोलमै रहेको टोलीका सदस्य तथा नेपाली गाइड नीरज कार्कीले जानकारी दिए । डेनमार्कका नागरिक थोर्वजन शव ६ हजार दुई सय मिटरको उचाइको शेर्पानिकोलमा हिउँले पुरिएका कारण शव निकाल्न समस्या भएको कार्कीले बताए ।

शव हेलिकप्टरमार्फत निकाल्न दुई पटक प्रयास गरे पनि हिउँका कारण नसकिएको कार्कीको भनाइ छ । बिहीबार हेलिकप्टरमार्फत घटनास्थल पुगे पनि प्रयास असफल भएको कार्कीले बताए ।

हिउँमा फसेका अन्य नौ जनाको हेलिकप्टरमार्फत उद्धार भइसकेको छ । गत असोज २५ गते ३ विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालुतर्फ आधार शिविर गएका थिए । खबरहबबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*