उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनौट प्रतियोगितामा सहभागि मकवानपुरे टोलीलाई विदाई

कोल्हवी न्यूज
२०७८ कार्तिक १०, बुधबार ०७:५१ गते

काठमाडौंमा जारी उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनौट प्रतियोगितामा सहभागि हुने मकवानपुरे टोलीलाई विदाई गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले एक कार्यक्रम आयोजना गरी खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरुलाई विदाई गरिएको हो ।

खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरुलाई हेटौंडा उपमहानगरपालिकाकी उमेयर मिना कुमारी लामा, खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिका अध्यक्ष चन्द्र शाही लगायतले शुभकामना व्यक्त गर्दै बिदाई गरेका हुन् ।

उपमेयर कपमा समुह एफ मा रहेको हेटौंडा उपमहानगरले पहिलो खेल कार्तिक १० गते गैडाकोट नगरपालिका खेल्ने छ । दोस्रो खेल कार्तिक १२ गते तुल्सीपुर नगरपालिकासंग खेल्ने छ । खेल सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०ले प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेपछि मकवानपुर फुटबल संघले हेटौंडा उपमहानगरपालिका वडा नं।१० स्थित बनविज्ञान अध्ययन संस्थान ९फरेष्ट्री० खेल मैदानमा केही दिनको प्रशिक्षण पश्चात १८ सदस्यीय खेलाडी छनौट गरिएको थियो । जसमा ११ जना प्रत्यक्ष र ७ जना बैकल्पिक खेलाडी छनौट भएका छन् । प्रशिक्षणमा जिल्लाभरीका ३० भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ। छनोटको फाइनल पुग्ने टोलीले महिला राष्ट्रिय लिगमा स्थान बनाउने छन् । जनपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*