२० महिनापछि दक्षिण कोरिया उड्दै नेपाली कामदार

SONY DSC
लामो समय बन्द भएको दक्षिण कोरिया रोजगारीमा आज ४८ नेपाली कामदार जाने भएका छन् । करिब २० महिनापछि कोरियाले उक्त संख्यामा कामदार लान लागेको हो । उनीहरु बुधबार दिउँसो ३ बजे काठमाडौंबाट उड्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
यसअघि प्रक्रिया पुगेपनि कोरोना महामारीका कारण कोरियाले नेपाली कामदार भित्र्याउन मानेको थिएन । मन्त्रालयका अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोनाको महामारी रोकिएसँगै कोरिया जान लागेका हुन् ।
भाषा र सीप परीक्षण पास गरेर प्रक्रिया पुगेपनि कोरोना महामारीका कारण करिब १० हजार नेपाली कामदार कोरिया जानबाट बञ्चित भएका छन् ।










