प्रभु साहले एमाले छाड्ने

कोल्हवी न्यूज
२०७८ कार्तिक १०, बुधबार ०७:४४ गते

प्रचण्ड अर्थात् नेकपा माओवादी केन्द्र छाडेर केपी शर्मा ओली अर्थात् नेकपा एमालेतिर लागेका नेता प्रभु साहले एमाले पनि छाड्ने भएका छन्। तर उनी पुनः माओवादी केन्द्रमा फर्किन लागेका भने होइनन्।

उनीनिकट एक नेताको दाबीअनुसार पूर्वमन्त्रीसमेत रहेका नेता साह एमालेमा पनि नरहने र माओवादी केन्द्रमा पनि नफर्किने निष्कर्षमा पुगेका हुन्। बरु उनी नेकपा नै ब्युँताउने निर्णयमा पुगेका हुन्। त्यसका लागि आफ्नो अध्यक्षतामा उनले ५१ सदस्यीय केन्द्रीय सदस्यको सूचीसमेत तयार पारिसकेको स्रोतको दाबी छ।

ओलीले आफूहरूको ८ बुँदे माग पूरा नगरेको भन्दै असन्तुष्ट साहले अब केही दिनभित्र पुनर्गठित नेकपाको केन्द्रीय कमिटी घोषणा गर्ने तयारी गरेका छन्।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा सर्वोच्च अदालतको फैसलाले भंग भएपछि साहसहित रामबहादुर थापा, लेखराज भट्टलगायत माओवादी नेताहरू प्रचण्डको साथ छाड्दै ओलीको पार्टीमा सामेल भएका थिए। एमाले अध्यक्ष ओलीले अन्य नेतालाई भनेजस्तो जिम्मेवारी दिए पनि साहलाई दिएनन्। यसैकारण उनी ओलीप्रति रुष्ट भएका हुन्। नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*