ललितपुरमा नवराज कार्कीको सशक्त उपस्थिति
ललितपुर:ललितपुर क्षेत्र नं.१ मा आगामी निर्वाचनलाई लक्षित गर्दै स्वतन्त्र उम्मेदवार नवराज कार्कीको सक्रियता दिनानुदिन बढ्दै गएको छ। विगत १५ वर्षदेखि पत्रकारितामा क्रियाशील कार्की जनसरोकारका विषयमा निरन्तर आवाज उठाउँदै आएका व्यक्ति हुन्।
रेडियो,टेलिभिजन र प्रिन्ट मिडियामा काम गरेको अनुभव बोकेका उनी जनताको समस्या नजिकबाट बुझ्ने उम्मेदवारका रूपमा परिचित छन्।ललितपुरको भुगोलमा पाईला टेकेको,यहाँका गाउँ–बस्ती, टोल–टोलमा पुगेर समस्या देखेको र भोगेको अनुभव कार्कीको मुख्य बलियो पक्ष हो।
विशेषगरी ललितपुरको दक्षिण भेगमा रहेका विकास, शिक्षा, स्वास्थ्य,सडक, खानेपानी र रोजगारीका समस्या उनले नजिकबाट बुझेका छन्।“समस्या किताबमा होइन,मैदानमा हुन्छ,”भन्ने मान्यता राख्ने कार्कीले वर्षौंदेखि आवाजविहीन बनेका मुद्दालाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्।
पत्रकारितामार्फत सत्ता र शक्तिको निगरानी गर्दै आएका कार्की अब प्रत्यक्ष राजनीतिमा आएर समाधानको हिस्सेदार बन्न चाहेको बताउँछन्। उनका अनुसार ललितपुर क्षेत्र नं.१ ले धेरै पटक प्रतिनिधि पाएको भए पनि जनताले महसुस गर्ने खालको परिवर्तन हुन सकेको छैन।“अब भाषण होइन,काम गर्ने प्रतिनिधि चाहिएको छ,”उनी भन्छन्।
स्पष्ट वक्ता मानिने कार्की आफ्ना कुरा बिना घुमाउरो शैली सरल र तथ्यमा आधारित रूपमा राख्ने गर्छन्।यही कारण युवा,बुद्धिजीवी र आम मतदातामाझ उनीप्रति चासो बढ्दै गएको देखिन्छ। सामाजिक सञ्जालदेखि प्रत्यक्ष भेटघाटसम्म उनी आफ्ना एजेन्डा स्पष्ट रूपमा प्रस्तुत गरिरहेका छन्।
स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका कार्की कुनै दलको दबाबमा नपर्ने र जनताप्रति मात्र उत्तरदायी रहने प्रतिबद्धता जनाउँछन्।“ललितपुर मेरो कर्मथलो हो,यहाँका समस्या मेरा आफ्नै हुन्,”उनी भन्छन्,“जनताले विश्वास दिए परिवर्तन गरेर देखाउनेछु।”
ललितपुर क्षेत्र नं.१ मा नवराज कार्कीको उम्मेदवारीले परम्परागत राजनीतिक गणितलाई चुनौती दिएको विश्लेषकहरूको भनाइ छ। जनतासँगको निरन्तर संवाद,भुगोलको गहिरो ज्ञान र लामो पत्रकारिता अनुभवका कारण उनी एक भरोसायोग्य विकल्पका रूपमा उभिँदै गएका










