लाइसेन्सको पर्खाइमा सात लाख आवेदक, विभागले भने छाप्ने काम नै गर्यो बन्द
यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स० वितरण गर्न सकिरहेको छैन ।सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कुरिरहेका छन् तर विभागले भने छपाइ कार्ड सकिएको भन्दै हाल छपाइ कार्य नै बन्द गरेको छ ।
अत्यावश्यक बाहेक हाल छपाइ कार्य नभएको विभागले जनाएको छ । छपाइ गर्न बाँकी लाइसेन्सको काम तिहार पछि गरिने भएको छ । यो महिनाभित्रै कार्ड आइसके पछि बाँकी छपाइको काम सुरु गरि ने विभागका प्रवक्ता डा। लोकनाथ भुसालले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।









