पर्साको ग्रामिणभेगमा फड्के खैरो किराको प्रकोप, किसानहरुको धानबालीमा क्षति

कोल्हवी न्यूज
२०७८ कार्तिक ७, आईतवार ०६:४० गते

पर्साको ग्रामिणभेगमा किसानहरु फड्के खैरो किराले धेरै नै ग्रसित भएका छन । बिगहौ भन्दा बढी धान बालीमा यो किराले अत्याधिक मात्रामा क्षति पुर्याएको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ का किसान घुटुन पटेलले बताउनु भएका छन ।सखुवाप्रसौनी गाउँ पालिका कृषि शाखा नायक प्राबिधिक सहायक दयाराम वाग्ले अनुसार खेतमा बढी चिस्यान भएको हुदा यो फडके खैरो किराले धानबालीमा क्षति पुर्याएको बताए ।

धानबालीमा यो किराहरु देख्ने बितिकै समयमा औषधि न छरेपछी पुरै खेतमा फैलिने र पुरै खेतको पराल जस्तो सुकेर बाली नस्ट हुने सम्भावना बढी हुने बताए । धानबालीमा यो किरा लाग्दा धानको बाली हरियो पात, खैरो र सेतो किसिमका फुत–फुत उफ्र्ने किसिमका मसिना किराहरु हुन्छन । यो किराले गर्दा धान बालीमा क्षतीका लक्ष्णहरु धानका बिरुवाहरु सुकेर मर्दछन, बिरुवाहरु गाजिन र बढ्न सक्दैन र धानका बाला न लागि पराल जस्तो भइ बोट सुकेर जान्छ ।

यसको ब्यव्स्थापनको लागि उप्युक्त जात छनौट गर्ने, धान रोप्ने समयमा प्रती गाजा २÷३ वटा भन्दा बढी बेर्नाहरु न रोप्ने र नाइट्रोजन युक्त मलखादको उचित प्रयोग गर्ने तथा समयमा गोडमेल तथा सरसफाइ जस्ता विधि अपनाउनु पर्ने ।

यो किरा खेतमा लाग्दा यस्को नियन्त्रणको लागि औषधिहरु ए सी फेट ७५५ एस पी २ एमएल। वा बुप्रोफेजिन २५५ एस सी १।५ एमएल वा फिप्रोनिल ५५ एस जी २र३ एमएल वा इमिडा क्लोप्रीड १७।८५ एस एल १ एमएल ४ लिटर पानीमा मिलाएर किरा लागेको खेतमा छर्दा यो किरा नस्ट हुने सखुवाप्रसौनी गाउँ पालिकाका नायक प्राबिधिक सहायक दयाराम वाग्लेले जानकारी दिनु भएको हो । यात्राडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*