धनुषा: मेयर गोल्डकपको उपाधि आयोजक हरिहरपुरको कब्जामा
धनुषाको मिथिला नगरपालिका वडा नं।३ हरिहरपुरमा भएको जिल्ला स्तरीय टि–ट्वान्टी नक–आउट क्रिकेट प्रतियोगिताको उपाधी आयोजक श्री जनता युवा क्लव हरिहरपुरले जितेको छ । शनिवार भएको फाइनल खेलमा आयोजक जनता युवा क्लव हरिहरपुर र धनुषाको गणेशमान चारनाथ नगरपालिकाको गौरीपुर टिमबीच प्रतिस्पर्धा भएको छ ।
सो खेलमा आयोजक जनता युवा क्लवले गौरीपुर टिमलाई २४ रनले पराजित गरेको छ । टस हारेर पहिलो व्याटिंग गरेको हरिहरपुरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । जवावमा १ सय ५१ रनको लक्ष्य पाएको गौरीपुर टिमले १९ ओभरमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सकेको थियो ।
सो खेलमा हरिपुरका लागि ३ विकेट लिएका दिपजल श्रेष्ठलाई म्यान अफ दि म्यान प्रदान गरिएको आयोजकले जनाएको छ । यस्तै बेस्ट व्याट्म्यानको उपाधी महादेव सिंहलाई र बेस्ट फिल्डरको उपाधी मनिष सिंहलाई प्रदान गरिएको छ ।
प्रतियोगितामा प्रथम भएका हरिहरपुर टिमलाई ३५ हजार नगद पुरसकार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ भने दोस्रो भएका गौरीपुर टिमलार्ई २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको जनाएको छ ।









