वीरगंजमा घरेलु आगलागि नियन्त्रणबाट बच्ने उपाय सम्वन्धी कार्यक्रम सम्पन्न

कोल्हवी न्यूज
२०७८ कार्तिक ५, शुक्रबार ०७:१० गते

वीरगंजमा घरेलु आगो नियन्त्रण गर्ने सम्बन्धी कार्यक्रम सम्पन भएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २ नम्वर प्रदेश विपद व्यवस्थापन गुल्म विरगञ्ज पर्सा र ग्रीन सिटि सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साको संयुक्त आयोजनामा घरेलु आगलागि नियन्त्रणबाट वच्ने उपाय सम्वन्धी कार्यक्रम गरेका छन ।

विरगञ्ज महानगरपालिका वडा नम्वर १० आदर्शनगर स्थित पूरानो वसपार्क नजिक भविष्यमा आउदै गरेको तिहार र छठ पर्वलाई लक्षित गरी घरेलु आगलागि नियन्त्रणबाट वच्ने उपाय सम्वन्धी कार्यक्रम गरिएको हो
कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र ग्रीन सिटि सामुदायिक सेवा केन्द्र आदर्शनगर पर्साका अध्यक्ष जयप्रकाश खेतानको उपस्थितीमा निम्नानुसारका पदाधिकारीहरू, विभिन्न मिडिया तथा संचारकर्मी प्रणय कुमार साह,अजित कुमार भुजेल, सन्तोष रंजितकार नेपाल स्काउट का राम अमोद पाण्डे लगायत विभिन्न कार्यालयका आमन्त्रित महानुभावहरू, विभिन्न क्षेत्रका भद्रभलादमि, वुद्धिजिवि तथा समाजसेविहरू, होटल व्यवसायीहरू को सहभागिता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*