वीरगञ्ज ५ का वडा अध्यक्ष चौरसिया सहित एक दर्जन युवा नेकपा (एमाले) मा प्रवेश
नेकपा (एमाले) पर्साले आसन्न निर्वाचनलाई लक्षित गर्दै स्थानीय स्तरमा पार्टी सुदृढीकरण र विस्तारलाई आक्रामक बनाएको छ । पछिल्लो समय आगामी निर्वाचनमा एमालेलाई स्पष्ट बहुमत दिलाउँदै पार्टीलाई ठूलो बनाउने उद्देश्यले पार्टी प्रवेशदेखि संगठन विस्तारलाई आफ्नो प्रमुख अजेण्डा वनाएको बुझ्न सकिन्छ ।
पार्टीले प्रदेश नं। २ को आर्थिक केन्द्र वीरगञ्जमा आगामी निर्वाचनमा नगरप्रमुखदेखि वडासम्ममा पूर्ण बहुमत ल्याउन कार्यक्रमहरुलाई तिबर्ता दिएको पाइएको हो । यसैक्रममा बिहिबार नेकपा एमाले पर्साले बिहिबार वीरगञ्ज महानगरपालिको अन्य पार्टीबाट निर्वाचित वडा अध्यक्षदेखि अन्य दर्जनौ प्रभावकारी नेताहरुलाई पार्टी प्रवेश गराएको छ ।
बिहिबार काठमाडौँमा पार्टीका केन्द्रीय सदस्य बसरुद्दीन अन्सारीको नेतृत्वमा कांग्रेस, माओवादी, जसपा, लोसपालगायत पार्टी परित्याग गरेकाहरुलाई नेकपा एमालेका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फुलमाला लगाएर पार्टी प्रवेश गराएका थिए ।
पार्टी प्रवेश गर्नेका महानगरपालिकाको वडा नं। ५ का वडा अध्यक्ष प्रदीप चौरसिया, स्थानीय युवा नेता रुस्तम अलि, ताहिर हुसेन, दिलीप साह, अजय चौरसिया, चरणजित सिंह र अनिल जाटीया लगायतले रहेका छन् । गत निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट बहुमत ल्याएर जित प्राप्त गरेका चौरसियालाई पार्टी प्रवेश गराएर एमाले उक्त वडामा आफ्नो जित सुनिस्चित गरेको छ ।
उनीहरुको पार्टी प्रवेशले वीरगञ्जको सहरी क्षेत्रमा नेकपा एमाले मजबुत बन्दै गएको केन्द्रीय सदस्य अन्सारीले बताए । उनले महानगरपालिका भित्रका सबै वडाहरुमा पार्टीको अभियान चलिरहेको बताउँदै आगामी दिनमा थप निर्वाचित जनप्रतिनिधि र प्रभावशाली नेताहरु नेकपा एमालेमा प्रवेश गरेका विश्वास व्यक्त गरे ।
कार्यक्रममा छुट्टै सन्दर्भमा बोल्दै अन्सारीले पाँच वर्षसम्म स्थायी सरकारको म्यान्डेट पाएको सरकारलाई ष ड्यन्त्रका अनेक तानावाना बुनेर ढालेर मुलुकमा अस्थिरता पैदा गर्न खोजिएको बताए । अन्सारीले अबको निर्वाचनमा एकलौटी रुपमा एमालेको सरकार गठन हुने दावी समेत गरेका थिए ।
नेकपा एमालेले मात्रै जनताका दुस्ख, दर्द र समस्या पहिचान गर्ने बताउँदै अन्सारीले पार्टी देश र जनताको विकासको पक्षमा रहेको बताए ।










