दुबईमा प्रेमी राजसँग ‘होलिडे’ मनाउँदै वर्षा

कोल्हवी न्यूज
२०७८ कार्तिक ५, शुक्रबार ०७:०३ गते

प्रेम र पिम्पल जति लुकाए पनि लुक्दैन रे ! अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवालको हकमा पनि यस्तै देखिन्छ । एक वर्षदेखि उनीहरु अत्यन्त नजिक छन् । काठमाडौंमा हुँदा उनीहरुको दिनहुँ भेट हुन्छ । सामाजिक सञ्जालमा प्रेमिल तस्विरहरु पोस्ट्याइरहन्छन् । सँगसँगै म्यूजिक भिडियो पनि खेल्न थालिसके । उनीहरुको एकअर्काको परिवारसँग पनि राम्रो चिनजान छ ।
तर पनि यो जोेडीले आजसम्म खुलेर प्रेम स्वीकार गरेको छैन । उनीहरु अहिलेसम्म साथीभन्दा माथिको सम्बन्ध नरहेको बताउँछन् । तर, राज र वर्षाले जतिसुकै प्रेम लुकाउन खोजे पनि लुक्न सकेको छैन । गत असोजमा वर्षाले राजको जन्मदिनमा प्रेमको चिनो स्वरुप सुनको ब्रासलेट उपहार दिएकी थिइन् । ​अहिले उनीहरु दशैं सकाएर दुबईमा एकसाथ ‘होलिडे’ ९छुट्टी० मनाइरहेका छन् ।

दुवैले सामाजिक सञ्जालमार्फत आफू दुबईमा रहेको जानकारी दिएकाछन् । तर, वर्षा र राजले एकअर्कासँँगको तस्विर भने एउटा पनि शेयर गरेका छैनन् । दुबईमा सँगै ‘होलिडे’ मनाइरहेको तस्विर सार्वजनिक गर्दा मिडियामा गसिपको ओइरो आउने डरले पनि उनीहरु यो कुरामा सचेत भएको हुनसक्ने देखिन्छ । दुबई घुमघामको क्रममा उनीहरुले आफ्ना आफन्तसँग पनि भेट गरेका छन् ।
वर्षाले बुधवार दुबई मलबाट कालो रंगको प्रिन्टेट टिर्सट लगाएको एउटा फोटो आफ्नो इन्स्टाग्राममा पोस्ट गर्दै लभको इमोजीलाई क्याप्सनमा राखेकी छन् । उनले लगाएको टिर्सटमा लेखिएको शब्दले धेरै कुरा बुझाउँछ । टिर्सटमा लेखिएको छ, ‘टुगेदर वि विल अर्थात् हामी सँगै हुनेछौं ।’ कतै उनले प्रिन्टेट टिर्सटको माध्यमबाट आफू राजसँग सधैंभरी साथमा हुने संकेत गरेकी त होइनन् ? फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*