आज एमाले स्थायी कमिटीको बैठक बस्दै, यी हुन् ५ एजेन्डा

कोल्हवी न्यूज
२०७८ कार्तिक ४, बिहीबार ०७:०९ गते

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज (बिहीबार) बस्दै छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे सुरु हुनेछ।

आजको एमाले स्थायी कमिटी बैठकमा पाँच विषयमा छलफल हुने जानकारी पनि उनले दिए। कार्यालय सचिव तामाङका अनुसार आजको बैठकका लागि यी ५ एजेन्डा तय गरिएको छ स्१। विधान महाधिवेशन समिक्षा

२. वडा अधिवेशन कात्तिक ६ गते सम्बन्धमा

३. पालिका अधिवेशन कात्तिक ९ सम्बन्धमा

४. राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेश

५. हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षति सम्बन्धमा। नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*