तपाईंको पुरानो फोन नम्बर कहाँ छ ? त्यसैबाट यसरी हुनसक्छ ह्याकिङ

कोल्हवी न्यूज
२०७८ कार्तिक ४, बिहीबार ०७:०२ गते

तपाईंको कुनै पुरानो नम्बर बन्द भएको छ र तपाईं ढुक्कसँग बसिरहनु भएको छ भने यो खबरले तपाईंलाई तनाव दिनसक्छ । जब तपाईं कुनै नयाँ नम्बर लिनुहुन्छ र पुरानो नम्बर बन्द गरिदिनुहुन्छ ।

यस्तोमा टेलिकम कम्पनी तपाईंको उक्त पुरानो नम्बरलाई रिसाइकल गरेर कुनै अर्को व्यक्तिलाई बिक्री गरिदिन्छ । तर यहाँनिर चिन्ताको विषय के छ भने तपाईंको नाममा रहेको यस्तो पुरानो नम्बर प्रयोग गरेर अर्को व्यक्तिले तपाईंका त्यस्ता सबै अकाउन्टमा पहुँच बनाउन सक्छ, जसमा तपाईंले उक्त नम्बर प्रयोग गर्नुभएको थियो ।

यो चुनौती तपाईंको गोपनीयताका लागि निकै ठूलो खतराको विषय हो । केही समयअघि अमेरिकास्थित प्रिन्सटन युनिभर्सिटीले यसबारे एक अनुसन्धानसमेत गरेको थियो । किनभने यसअघि यसप्रकारको अन्य कुनै अनुसन्धान बाहिर आएको थिएन । शोध प्रतिवेदनमा भनिएको छ कि टेलिकम कम्पनीले पुराना नम्बरलाई रिसाइकल गर्ने प्रक्रियाले नै प्रयोगकर्ताको गोपनीयतामाथि प्रश्न उठाउँछ ।

जब तपाईं आफ्नो नम्बर परिवर्तन गर्नुहुन्छ, तुरुन्तै आफ्ना अनेक सामाजिक सञ्जाल, जीमेल, ईमेल आदि जस्ता अकाउन्टमा नयाँ नम्बर अपडेट गर्नुहुन्न भने यो तपाईंको सबैभन्दा ठूलो भूल हो । तपाईं नयाँ नम्बर प्रयोग गर्न थाल्नुहुन्छ ।

तर यस दौरान तपाईंको पुरानो नम्बरबाट तपाईंका डिजिटल अकाउन्टमा पहुँच बनाउन सकिन्छ । ईकमर्स एप तथा साइटमा समेत तपाईंको नम्बर जोडिएको हुन्छ । यस्तोमा जुन व्यक्तिसँग तपाईंको पुरानो मोबाइल नम्बर छ, उक्त व्यक्तिले त्यसबाट एक्सेस बनाउन सक्छ । प्रिन्सटन युनिभर्सिटीको रिपोर्ट अनुसार एक पत्रकारले नयाँ मोबाइल नम्बर लिएका थिए ।

पछि उक्त नम्बरमा ब्लड टेस्ट तथा स्पाको अपोइन्टमेन्टका म्यासेज आउन थाले । शोधका दौरान २०० रिसाइकल गरिएका नम्बर परीक्षण एक सातासम्म गरिएको थियो । जसमा १९ नम्बरमा पुराना प्रयोगकर्ताको म्यासेज र कल आइरहेका थिए । यी नम्बरमा कयौं पटक अथेन्टिकेसन तथा ओटीपी कोड समेत आइरहेका थिए ।

पुरानो नम्बरबाट हुनसक्छ खतरा, जोगिने कसरी ?
तपाईंको पुरानो नम्बर फिसिङ अट्याकका लागि प्रयोग हुन सक्छ । यस बाहेक ह्याकरले तपाईंको पुरानो नम्बर न्युजलेटर, क्याम्पेन, सब्सक्रिप्सन आदिमा समेत प्रयोग गर्न सक्छन् ।

त्यस बाहेक तपाईंको पुरानो नम्बरको प्रयोग तपाईंको ईमेल, सोसल मिडिया अकाउन्ट र ईकमर्स अकाउन्टमा एक्सेस गर्नमा समेत प्रयोग हुनसक्छ । अब तपाईंको मनमा पक्कै पनि प्रश्न उठ्छ, यस किसिमको खतराबाट जोगिने कसरी रु

यसका लागि सबैभन्दा पहिला आफ्नो कुनै पुरानो नम्बर बन्द गर्दै हुनुहुन्छ भने तुरुन्त आफ्नो ईमेल, सामाजिक सञ्जाल, शपिङ साइट आदिमा आफ्नो नयाँ नम्बर अपडेट गर्न नभुल्नुहोस् ।

यस बाहेक बैंक अकाउन्टमा समेत सकेसम्म चाँडो नयाँ नम्बर अपडेट गर्नुहोस् । किनभने यसमा तपाईं जति ढिलो गर्नुहुन्छ, तपाईंका लागि उति नै धेरै खतरा रहिरहन्छ । टेकपानाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*