‘चुरिफुरी’को रिलीज मिति घोषणा

कोल्हवी न्यूज
२०७८ कार्तिक ४, बिहीबार ०६:५९ गते

फिल्म ‘चुरिफुरी’ ले रिलीज मिति घोषणा गरेको छ । यो फिल्म आउँदो पौष ९ गते देखि प्रदर्शन हुने भएको छ । मंगलबार चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमबाट निर्देशक ऋषिराज आचार्यले फिल्मको रिलिज डेट घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै निर्देशक आचार्यले कोरोनाले मोनोटोनस भएका दर्शकलाई फ्रेस बनाउन औषधिको काम फिल्म ‘चुरिफुरी’ले गर्ने दावी गरे । साथै निर्देशक आचार्यले कोरोनाले थिलोथिलो परेको नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउन विषेशगरी निर्माता, प्रदर्शक र वितरक मिलेर जानुको विकल्प नरहेको समेत बताए । आचार्यले चलचित्र विकास बोर्डले पनि सुरुको केही समयका लागि फिल्म प्रदर्शन सम्बन्धि आकर्षक राहतको प्याकेज ल्याउनुपर्ने जसले गर्दा करोडौंको लगानी गरेका फिल्म मेकरहरु पनि फिल्म रिलिज गर्न अग्रसर हुने वातावरण शृजना हुने बताए ।

सोसल कमेडी जनरामा निर्माण तयार भएको ‘चुरिफुरी’मा रबिन्द्र झा, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्राचार्य, दिपक आचार्य, सुरबिर पण्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगाएतका कलाकारको अभिनय रहेको छ । दिपक शर्माको संगीत तथा राहुल राईको छायांकन रहेको फिल्मलाई नवीन निरौलाले सम्पादन गरेका छन् । निर्देशक आचार्य र रिना ढकाल९भण्डारी० निर्माता र विमला भुसाल, राजेन्द्र खाती एवं शिव थापा सह९निर्माता रहेको फिल्मलाई डि।सि।एन।ले वितरण गर्नेछ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*