चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका (असई) कार्की पक्राउ

कोल्हवी न्यूज
२०८२ मंसिर २२, सोमबार १६:१९ गते

चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् ।

चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा उनलाई नागढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

सिनामङ्गलमा बस्दै आएका असई कार्कीले घाँटी थिचेर छोराको हत्या गरेका प्रहरीले जनाएको छ । हत्याको कारण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*