भारतको ‘बिर्च बाई रोमियो लेन’ नाइट क्लबमा सिलिन्डर विस्फोट हुँदा ज्यान गुमाउनेको संख्या २५ पुग्यो

कोल्हवी न्यूज
२०८२ मंसिर २१, आईतवार १२:२१ गते

भारत, उत्तरी गोवाको अर्पोरा गाउँस्थित ‘बिर्च बाई रोमियो लेन’ नाइट क्लबमा शनिबार मध्यरातमा सिलिन्डर विस्फोट हुँदा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ।

डान्स फ्लोरमा करिब सय जना रमाइरहेका थिए, अचानक विस्फोट भएपछि सबै ज्यान बचाउन बेसमेन्टतिर भागे।

धुवाँले बेसमेन्ट भरिएर निसास्सिएका २० जनाको मृत्यु भयो। चार पर्यटकसहित कुल २५ जनाले ज्यान गुमाए। ६ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ।

गोवा प्रहरी प्रमुख आलोक कुमारले सिलिन्डर विस्फोट नै दुर्घटनाको मुख्य कारण रहेको बताए। गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले क्लबमा अग्नि सुरक्षा मापदण्ड एकदमै कमजोर रहेको र नियम मिचेर सञ्चालन अनुमति दिने अधिकारीहरूविरुद्ध पनि कारबाही हुने बताएका छन्।

उनले भनेका छन्, ‘हामी क्लब व्यवस्थापन र सुरक्षा मापदण्डहरू उल्लङ्घन गरे पनि सञ्चालन गर्न अनुमति दिने अधिकारीहरू विरुद्ध कारबाही गर्नेछौँ। गोवाको चरम पर्यटकीय मौसममा यो दुर्भाग्यपूर्ण घटना हो। हामी यसको गहन अनुसन्धान गर्नेछौँ र जिम्मेवार व्यक्तिहरू विरुद्ध कडा कारबाही गरिनेछ।’ प्रहरीले आपराधिक हत्याको मुद्दा दर्ता गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*