स्रोत नखुलेको १८ लाख सहित एक किशोर पक्राउ

कोल्हवी न्यूज
२०८२ मंसिर १५, सोमबार १५:०२ गते

काठमाडौँ महानगरपालिका–६ तिनचुलीबाट स्रोत नखुलेको १८ लाख १६ हजार ५ सय रुपैयाँसहित एक किशोर पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही वडा आरूबारी बस्दै आएका ओखलढुंगा, सिद्धिचरण नगरपालिका–१ का १९ वर्षीय दावा शेर्पा रहेको प्रहरीले जनाएको छ।

आइतबार राति प्रहरीले निगरानीका क्रममा उनलाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले नगदसहित शेर्पालाई पक्राउ गरेको जनाएको छ।

नगदको स्रोत, प्रयोग र सम्भावित अवैध क्रियाकलापबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*