एमाले मजबुत र एकताबद्ध बनाउन आम जनसमुदायलाई प्रदेश २ अध्यक्ष साहको आग्रह

कोल्हवी न्यूज
२०७८ कार्तिक ३, बुधबार ०७:४६ गते

नेकपा एमाले जीतपुर–सिमरा उपमहानगरपालिका वडा न। १२ को वडा अधिवेशन सम्पन्न भएको छ । पछिल्लो समय देखिएको गुटगत विवादकाबीच फत्तेपुरको सिमरीमा एमाले प्रदेश २ कि अध्यक्ष ज्वाला कुमारी साहको प्रमुख आतीथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश २ कि अध्यक्ष साहले आफुहरु पार्टिलाई एकताबद्ध बनाउन लागी परेको बताउनुभयो । जनताको हितमा सर्वोपरी रहेर काम गर्ने पार्टि एमाले भएकोले सम्पुर्ण नेता–कार्यकर्ता तथा आम जनसमुदायलाई एकतामा साथ दिन उहाँले आग्रहसमेत गर्नु भएको छ ।

यस्तै ओली सरकारले गरेका जनहितका कामबाट आत्तिएकाहरुले सरकार विरुद्ध न्यायलयको दुरुपयोग गरेको आरोप लगाउँदै उहाँँले प्रधानन्यायधिशका नातागोतालाई भागबण्डामा सामेल गर्ने कार्यले न्यायपालिकाको गरिमा घट्नुका साथै गठबन्धनको धरातलीय यथार्थ बाहिर आएको टिप्पपणी गर्नुभयो ।

यसैबीच अधिवेशनबाट नेता कन्हाई लाल थारुको अध्यक्षतामा ४१ सदस्सीय वडा कमिटि सर्वसहमत चयन गरिएको छ । जस्को उपाध्यक्षमा ठगा चौधरी, सचिवमा होमनाथ पण्डित, उपसचिवमा ज्ञानावती चौधरी र अजय साह रहनुभएको छ । यसैगरी संयोजक कन्हाई लाल थारु रहने गरी ११ सदस्सीय सचिवालय समिती पनि बनाईएको छ । जस्को दस्यमा शेष आजम, दिलिप चौधरी, शेष ताहिर, श्यामबाबु खाँ, मनोज कुमार राय लगााएत रहनुभएको छ ।

नेकपा एमाले प्रदेश नंं।२ अध्यक्ष साहले उद्घाटन गर्नुभएको कार्यक्रममा एमाले बारा जील्ला कमिटि उपाध्यक्ष विनोद साह, सचिव महम्द समीर, गोविन्द पौडेल, नेताहरु अध्यानन्द पाण्डे, नारायण क्षेत्री, आसमहम्मद अन्सारी, पुरसोत्तम साह, मुस्लिम एतीहाद संगठनका राज महम्मद राय, विश्वनाथ लामिछाने, लक्ष्मी नेपाली, अमृत शर्मा बजगाईँ, अनिल पाण्डे, युवासंघका जील्ला सचिव गण्ेश कोईराला लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रम मनोज कुमार रायको संचालनमा सम्पन्न भएको हो । बारा खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*