कपिलवस्तुमा झाडापखालाको प्रकोपः संक्रमितको संख्या ९०६ पुग्यो

कोल्हवी न्यूज
२०७८ कार्तिक २, मंगलवार ०६:१४

कपिलवस्तुको कृष्ण नगरपालिकामा झाडापखालाका बिरामीको संख्या ९०६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित विरामीमध्ये हालसम्म ८९४ जना निको भइसकेका छन् । संक्रमितमध्ये तीन जना बालबालिकासहित चार जनाको मृत्यु भएको छ ।

आज कृष्ण नगरपालिकामा १२ जना झाडापखालाका बिरामी उपचाररत रहेको मन्त्रालयले जनाएको छ । कृष्ण नगरपालिकामा यही असोज १८ गते झाडापखालाको पहिलो बिरामी देखिएका थिए । त्यसपछि फैलिएको झाडापखाला ९०६ जनामा देखिसकेको छ । कृष्ण नगरपालिकाको वडा नं। ७, ८ र ९ मा झाडापखालाका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*