विधानलाई अन्तिम रुप दियो एमालेले [पूर्णपाठसहित]

कोल्हवी न्यूज
२०७८ कार्तिक २, मंगलवार ०५:५७ गते

नेकपा एमालेले विधान महाधिवेशनमा प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रुप दिएको छ। असोज १५ देखि १७ गतेसम्म ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा प्राप्त सुझाव समेटेर अन्तिम रुप दिइएको हो। विधानलाई सोमबार प्रकाशनमा पठाइएको छ। अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल तथा विधान मस्यौदा समितिका संयोजक एवं एमाले उपमहासचिव विष्णु पौडेलले विधानलाई अन्तिम रुप दिएका हुन्।

पार्टीको केन्द्रीय निकायमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् रहनेछन्। यस्तै केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् एमालेका केन्द्रीय निकाय हुन्। पार्टीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष चार र महासचिव एक जना हुने व्यवस्था गरिएको छ। यस्तै नयाँ विधानअनुसार एक उपमहासचिव हुनेछन् भने सात जना सदस्य हुनेछन्। केन्द्रीय कमिटीको संख्या २२५ सदस्यीय हुनेछ।

पारित विधानअनुसार एमालेको सांगठनिक ढाँचामा प्रदेश कमिटी, प्रदेश अधिवेशन प्रतिनिधि परिषद्, जिल्ला कमिटी, जिल्ला अधिवेशन प्रतिनिधि परिषद् रहेका छन्। यस्तै पालिका÷इलाका कमिटी, पालिकारइलाका प्रतिनिधि परिषद्, वडारशाखा कमिटी, वडार शाखा अधिवेशन प्रतिनिधि परिषद्, टोलरप्रारम्भिक कमिटी र टोलरप्रारम्भिक अधिवेशन प्रतिनिधि परिषद् रहने एमाले विधानमा उल्लेख छ।

यस्तो एमालेको पारित विधान

uml bidhan 1

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*