बुटवलको मोतीपुरमा भएको झडपमा मृत्यु भएका ४ मध्ये ३ जनाको सनाखत

२०७८ आश्विन २५, सोमबार २१:१६
बुटवलको मोतीपुरमा झडपमा परी मृत्यु भएका ४ जनामध्ये तीनजनाको नाम खुलेको छ।
सनाखत भएका मध्ये रुपन्देहीको शुद्धोधन ५ का विरेन्द्र प्रसाद कुर्मी र नवलपरासी बर्दघाट स्थायी घर भइ हाल तिलोत्तमा शंकरनगर बस्ने यूजन कुमाल रहेको प्रहरीले जनाएको छ।
अर्का एकजना कपिलवस्तु बाणगंगा १० का ४८ वर्षिय रमेश परियार हुन्। उनको आइतबार नै सनाखत भएको थियो। एक जनाको भने अझै परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।