मन्त्री नबनाएको विरोधमा वीरगञ्जका युवाहरुद्वारा काठमाडौँमा उपेन्द्रको पुत्ला दहन
जनता समाजवादी पार्टिका अध्यक्ष उपेन्द्र यादवलाई पर्सा जिल्ला प्रवेशमा रोक लगाएको भोलिपल्टै उनकै कार्यकर्ताले काठमाडौं स्थित जसपाको केन्द्रिय कार्यालय अगाडि उनको पुतला दहन गरेका छन् । शेरबहादुर देउवा सरकारमा मन्त्रीहरुलाई उपेन्द्र यादवले एकलौटि निर्णयले पठाएको र पार्टिको निति नियम नमानेको भन्दै पर्सा ९बिरगञ्ज० का जसपा कार्यकर्ताहरुले यादवको पुतला जनाएका हुन् ।
पर्सा जिल्लाको सांसद, बिधायक मेयर जिताउनेलाई पाखा लगाई क्षेत्रिय र जातिय सन्तुलन मिलाएर मन्त्री बनाउने पार्टिको निर्णय बिपरित उपेन्द्र यादवले ब्यक्तिगत स्वाथ्र्यका कारण आफ्ना पकेटका मान्छेलाई मन्त्री बनाएको उनिमाथी आरोप छ । उनको एकल निर्णयकै कारण मधेशैभरी उनि बिरुद्ध जनमाहौल पैदा भएस्वरुप आज बालकुमारीमा उनकै पार्टिका नेताकार्यकताहरुले कार्यालय घेराउ गर्दै पुतला जनाएका हुन ।
नाका अवरोध देखि लिएर मधेश बिद्रोह गर्नेबेला र शहिद हुनेबेलसम्म पर्सा जिल्लालाई प्रयोग गरेको र अवसर दिनेबेला बेईमानी गरेको भन्दै उनको पुतला जलाईएको जसपा पर्साका एक युवा नेताले बताए । पार्टिलाई एकलौटि सम्पत्ति ठानेका अध्यक्ष उपेन्द्रले तत्काल त्रुटि नसच्याए पर्सादेखि काठमाडौंसम्म उनको प्रवेश निषेध गर्ने समेत प्रदर्शनकारीहरुले बताए । जसपा पर्साका सांसद तथा त्यस क्षेत्रका शक्तिशाली मानिने नेता प्रदिप यादवलाई मन्त्री नबानाईएपछि उनका कार्यकर्ताहरु आरन्दोलित भएका हन् । यात्राडेलीबाट









