नेपालगन्ज विमानस्थलको टर्मिनल गेटभित्र छिर्न पास अनिवार्य

कोल्हवी न्यूज
२०७८ आश्विन २४, आईतवार १८:४२ गते

चाडपर्वलाई लक्षित गरी बाँके प्रहरीले संवेदनशील क्षेत्रको पहिचान गरी सुरक्षा सतर्कता बढाएको छ । नेपाल–भारत सीमानाका, विमानस्थल, राजमार्ग र सहरभित्रका ब्यस्त सडक तथा चोकमा सुरक्षा सतर्कता बढाएको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए ।

उनले शनिबार जमुनाह नाकामा तालिम प्राप्त कुकुरमार्फत चेकजाँच गरिएको बताउँदै आइतबार नेपालगन्ज विमानस्थलमा पनि जाँच गरिएको जानकारी दिए । प्रहरीले नेपालगन्ज विमानस्थल प्रवेशमा समेत कडाइ गरेको छ। ‘१५ असोजदेखि एयरपोर्टको टर्मिनल गेटभित्र प्रवेश गर्दा पास चाहिने व्यवस्था गरिएको छ,’ उनले भने।

नागरिक उड्डयन कार्यालयको निर्देशनअनुसार चेकजाँचमा कडाइ गरेको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक सन्तोष शाहले बताए। ‘विमानस्थलको सुरक्षाको लागि यो उपाय अवलम्बन गरिएको हो । टर्मिनल प्रवेश गर्नुको कारणबारे सोधपुछ गरेर पास दिइन्छ,’ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*