पर्साका प्रमुख जिल्ला अधिकारी अब उमेश कुमार ढकाल

कोल्हवी न्यूज
२०७८ आश्विन २३, शनिबार २०:२७ गते

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको सरुवा भएको छ । घिमिरेको ठाउँमा उमेश कुमार ढकाललाई गृहमन्त्रालयले काजमा सरुवा गरेको हो ।

शुक्रबारको मन्त्रीस्तरीय बैठकले सुनसरीका प्रमुख जिल्ला अधिकारी रहेका ढकाललाई पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारीमा काज सरुवा गरिएको मन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ ।

मन्त्रीस्तरीय बैठकले विभिन्न ४ जिल्लामा सिडियो परिवर्तन गरेको हो । जसमध्ये पर्साका सिडियो घिमिरेलाई परिवर्तन गरेर ढकाललाई पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*