हाम्रा मन्त्रीहरूलाई भनेको छु, गलत काम गर्नुभयो भने हटाइने छ : माधव नेपाल

कोल्हवी न्यूज
२०७८ आश्विन २३, शनिबार १८:१८ गते

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको तर्फबाट मन्त्री भएकाहरुलाई राम्रो काम गर्न आग्रह गरेका छन्।

शनिबार एकीकृत समाजवादीको काभ्रे जिल्ला कमिटीद्वारा आयोजित पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले एकीकृत समाजवादीका मन्त्रीहरुले राम्रो काम गरे भनेर देख्न र सुन्न पाइयोस् भन्ने अपेक्षा व्यक्त गरे।

उनले भ्रष्टाचार गर्ने, अनुचित काम गर्ने, देशलाई घात पुर्‍याउने काम गर्ने, देशको हितमा आँच पुर्‍याउने कुरालाई छुट दिन नसकिने बताए। भोलि पनि मैले मन्त्रीहरुलाई बोलाएको छु, उहाँहरुलाई म प्रष्ट रुपमा भन्ने छु कि आफ्नो आफ्नो ठाउँमा त्यहाँभित्रका अहिलेसम्मका समस्याहरु केके छन्, राम्ररी बुझ्नुहोस्। विज्ञहरुको पनि सल्लाह लिनुहोस्। कामलाई राम्रोसँग गर्ने उपायहरु खोज्नुहोस्। राम्रा मान्छेलाई उपयुक्त जिम्मेवारी पूरा गर्नुहोस्। योग्य र सक्षम मान्छेलाई जिम्मेवारी दिनुहोस्। अरुभन्दा उत्कृष्ट काम गरेर देखाउनुहोस्, उनले भने।

अध्यक्ष नेपालले जिम्मेवारी सम्हालिरहेका मन्त्रीहरुलाई आफूले राम्रो काम गर्न भनिसकेको बताए। तपाईंहरुले गलत काम गर्नुभयो भने त्यहाँ राखिने छैन। तपाईंमाथि कारबाही गरिने छ। मन्त्रीबाट हटाइने छु, उनले भने।

उनले पार्टीका कतिपय नेताहरुले मन्त्री बन्ने अपेक्षा गरेको र त्यो जायज भए पनि सबैलाई एउटै लटमा मन्त्री बनाउन नसकेको बताए। कतिपयले चित्त दुखाएको भन्ने आफूले सुनेको उनको भनाइ छ। नेपाल लाइभबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*